Monday, August 10, 2026

नेपालमा प्राकृतिक प्रकोपबाट साढे दुई हजारभन्दा बढी परिवार प्रभावित, ७८ जनाको मृत्यु

कलैया, २३ असार। नेपालमा बैशाख १ गतेदेखि असार २१ गतेसम्म झण्डै तीन महिनामा प्राकृतिक प्रकोप तथा विभिन्न विपदबाट ७८ जनाको मृत्यु भएको छ भने ३ सय ९९ जना घाइते भएका छन्।

नेपालभरीमा बाढीबाट ६ जना, पहिरोमा परी ३ जना, भारी वर्षाका कारण १ जना, चट्याङ लागेर २३ जना, सर्पको टोकाइबाट २ जना, आगलागीबाट १३ जना, हावाहुरीबाट ८ जना, जनावरको आक्रमणबाट ११ जना र लेक लागेर ११ जना गरी ७८ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस्तै बैशाख देखि असार २१ सम्ममा १ सय ३ वटा बाढी, १ सय ४७ वटा पहिरो, ८२ वटा भारी वर्षा, १ सय ८७ वटा चट्याङ, २२ वटा सर्पदंश, ८ सय ६४ वटा आगलागी, १ सय ५८ वटा वन डढेलो, २ सय ६१ वटा हावाहुरी, ९३ वटा जनावर आक्रमण र ३४ वटा लेक लाग्ने गरी एक हजार ९ सय ६४ वटा विपद्का घटना भएको छ।

प्राधिकरणले निकालेको बुलेटिनमा बाढीबाट २ सय ५३ परिवार, पहिरोबाट १ सय ६३, भारी वर्षाबाट ५ सय २९, चट्याङबाट २ सय २१, सर्पदंशबाट २४, आगलागीबाट ९ सय ६७, वन डढेलोबाट २७, हावाहुरीबाट ५ सय १५, जनावर आक्रमणबाट १ सय २२ र लेक लागेर ३० परिवार गरी २ हजार ८ सय ५१ परिवार प्रभावित भएको छ।

असार २० र २१ गते मात्रै ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते र २ सय ६ वटा परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर