Sunday, September 13, 2026

सांसद सोनलद्वारा इटियाहीमा सडक ढलान उदघाटन

Advertisement
Advertisement Advertisement

बारा ०९ असार । बाराको बिश्रामपुर गाउँपालिकाको वडा नं. ५ इटियाहीमा आज रू. ५० लाखको बजेटमा निर्मित बजारदेखि उत्तर जाने सडक ढलानको सांसद जितेन्द्र सोनलले उदघाटन गरेका छन् ।

सांसद जितेन्द्र सोनलको पहलबाट उदघाटन समारोहमा बिश्रामपुर गाउँँपालिकाका प्रमुख जुबैर जी, वडा अध्यक्ष अमिरी गुप्ता, अमरदेव कुशवाहा, कृष्ण साह, भोला साह सोनार, अजय गुप्ता, बिजय पणित, जुमराती मियाँ, सुरेन्द्र गुप्ता लगायतका स्थानीय भद्रभलादमी र समाजसेवीहरूको उपस्थितिमा सम्पन्न भयो।

उक्त सडक ढलानले स्थानीय बासिन्दाहरूलाई सहज र सुरक्षित यात्रा उपलब्ध गराउने विश्वास गरिएको छ । साथै, यो परियोजना क्षेत्रको विकासमा महŒवपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।कार्यक्रममा उपस्थित सबै अतिथिहरूले योजनाको सफलताको शुभकामना व्यक्त गरेका थिए। सडक ढलानको उदघाटनसँगै स्थानीय बासिन्दाहरूमा हर्ष र उत्साह छाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर