23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

लगातारको वर्षाको कारण सिमरा-काठमाडौं उडान प्रभावित

spot_img
spot_img

बारा, २२ असार । लगातारको वर्षाले सिमरा-काठमाडौं उडान प्रभावित भएको छ । सिमरा विमानस्थल बाट बुद्ध एयर र यती एयरलाइन्सले उडान भर्ने गर्द छ ।  आज यती एयरलाइन्सको उडान छैन । बुद्ध एयरलाइन्सले सिमरा-काठमाडौं उडान स्थगित गरेको छ ।

बुद्ध एयर बाट ७:४५ मा रहेको सिमरा देखि काठमाडौं उडान १० बजे सम्म स्थगित गरिएको छ । यद्यपि लगातार वर्षा भैरहेको कारण विमानस्थल अझै खुल्न समय लाग्ने बताइएको छ । उडान हुन नसकेपछि विमानस्थल पुगेका यात्राहरूको प्रतीक्षालयमा भीड लागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फका सिमरा सहित विराटनगर, भैरहवा, झापा भरतपुरका उडानहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर