Wednesday, August 5, 2026

वीरगंजस्थित गहवामाईको भब्य रथयात्रा निकालिदै

बारा , २३ असार । पर्साको प्रसिद्ध शक्तिपीठ गहवामाई भगवतीको आज आईतबार विशाल रथयात्रा निकालिँदै छ। गहवामाई मन्दिरको १२ औं स्थापना दिवसको अवसरमा रथयात्रा अहिले केहि बेरमा निकालिँदै छ।

रथयात्राका लागि समितिले रथ भित्र चाँदीको मण्डप बनाएको छ। यस्तै काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गरी रंगरोदन गरेर सयपत्री फुलले रथलाई दुलही झै सजाईएको छ। चाँदीको मण्डपलाई काठमाडौंको विशेष कारिगरहरुले एक महिनामा तयार पारेका छन्। मण्डपमा करिब १५ किलो चाँदीको खपत भएको छ।

यसैबीच रथयात्राको लागि वीरगन्ज महानगरपालिकाले महानगर भित्र माछा, मासु, मदिराजन्य सामग्री वितरणमा २ दिन रोक लगाएको छ। आज रथयात्राको पहिलो दिन र भोलि प्रसाद वितरणको दिन गरी २ दिन रोक लगाएको हो। यस्तै महानगरले रथयात्रामा भव्य सहभागिताको लागि सार्वजनिक तथा निजी विद्यालयहरूमा पनि बिदा दिएको छ। यसरी महानगरले विद्यालयहरूमा सार्वजनिक बिदा दिएपछि २० हजारभन्दा बढी भक्तजनहरुको सहभागिता हुने समितिको अनुमान छ।

गहवामाईको रथयात्रामा पछिल्लो वर्ष करिब २० लाख रुपैयाँ खर्च भएको थियो । यस वर्षको रथयात्राको खर्च ननिकालिएपनि २५ लाखभन्दा बढी खर्च‌हुने अनुमान छ।

यस्तै समितिले रथयात्राको लागि रुट पनि निश्चित गरेको छ। रथयात्रा गहवामाई मन्दिरबाट सुरुभई घण्टाघर,‌ रेल्वे रोड हुदै छपकैया चौक,‌ बिर्ता हुदै आदर्शनगरबाट गहवामाई मन्दिरमा रोकिने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर