बारा, २३ असार । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साहलाई मानवत–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैयाको मुख्य सडक बारे प्रश्न सोधेका छ्न ।
लामो समय देखि अधुरो रहेको सदरमुकामको मुख्य सडक निर्माण बारे मेयर साहले चैत भित्र सम्पन्न हुने बताएका छ्न । कलैया उपमहानगर-४ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर साहले राजनितिक चलखेलका कारण सडक निर्माणमा ढिलाई भएको दाबी गरेका छ्न ।
“राजनितिक चलखेल भयो , ठेकेदार नै भाग्ने स्थित आयो ,काम रोकियो । तर अहिले चलखेल समाप्त भएको छ । चैत सम्म म्याद छ कामको , ठेकेदारको दुई करोड बाकी थियो त्यो भुक्तानी भैसकेको छ । मन्त्री मार्फत डि.ई. लाई भनेर म्याद थप गराएको छु,” मेयर साहले भने ।
उनले हाल तिन ठाउमा काम भैरहेको समेत बताएका छ्न । मेयर साहका अनुसार हाल सितलपुर, बरेवा , र संस्कार एफ एम अगाडी काम भैरहेको छ । उनले गढीमाई मेला अगाडी पुर्ण रुपमा काम नसकिए पनि नाला र बेसको काम सम्पन्न हुने दाबी गरेका छ्न ।