बारा, २४ असार । बारा प्रहरीले १ लाख १४ हजार रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको छ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित वीरगंजबाट जनकपुर तर्फ जादै गरेको ना.६ ख १८७७ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त अवैध कपडा बरामद गरेको हो ।
प्रहरीको अनुसार लेडिज सुटको कपडा १२ थान अन्दाजी मुल्य रू. ३६ हजार र रेडिमेट लेडिज सुट ७२ पिस अन्दाजी मुल्य रू.७८ हजार २ सय रुपैयाँ बराबरको रहेको छ ।
यात्रु बाहक बसमा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.१ लाख १४ हजार रूपैया बराबरको कपडा रहेको प्रहरीले जनाएको छ ।
उक्त अवैध कपडालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।