Wednesday, August 5, 2026

ट्रकको ठक्करबाट एक जनाको मृत्यु,ठक्कर दिने चालक र गाडी प्रहरीको नियन्त्रणमा

बारा । बारामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ठक्कर दिने ट्रकका चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सवारी चालक जिल्ला सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी २९ वर्षीय अनिश खरेल रहेको साथै ना ८ ख ३९७५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार असार २२  गते जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उन्नासी पुल स्थित पुर्व पश्चिम लोकमार्गमा ट्रकले नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५० को पुरूष व्यक्तिलाई ठक्कर मारी फरार भएको थियो ।

घाईतेलाई उपचारको लागी सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारा पठाईएकोमा उनको स्वास्थ्यमा सुधार नभई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा असार २३ गते राती  उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

सुक्ष्म अनुसन्धान पश्चात उक्त घटनामा संलग्न रहेको सवारी साधन तथा चालक समेतलाई पत्ता लगाई खोजतलास गरी असर २६ गते ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट सवारी ज्यान सम्बन्धि कसूर मुद्दा दर्ता गरी  जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर