23.2 C
Kalaiya

Saturday, October 25, 2025
spot_img
23.2 C
Kalaiya
Saturday, October 25, 2025

बारामा कटुवा पेस्तोल सहित तीन जना पक्राउ

spot_img
spot_img

बारा प्रहरीले अवैध हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी बस्ने अन्दाजी ५४ वर्षीय रमजान अंसारीले आँप बगैचामा खाल्टो खनी जमिन मुनि लुकाई छिपाई राखेको अबैध हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी बस्ने अन्दाजी ५४ वर्षीय रमजान अंसारी,सोही ठाउँमा बस्ने अन्दाजी २५ वर्षीय सुलतान अंसारी र अन्दाजी ४५ वर्षीय राम कृपाल साह रहेको प्रहरीले जनाएको छ ।

Advertisement

एक थान कटुवा पेस्तोल पनि प्रहरीले बरामद गरेको छ ।हतियार बरामद गरी उक्त घटनामा संलग्न रहेका ३ जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ७ (सात) दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!