Thursday, July 2, 2026

काठमाडौँ-तराई मधेश द्रूतमार्ग निर्धारित समयमै सम्पन्न हुन्छ : नेपाली सेना

कलैया, ७ कात्तिक। काठमाडौँ–तराई मधेश द्रूतमार्ग सडक निर्माणको काम निर्धारित समयमै सम्पन्न हुने नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त द्रूतमार्ग सडकको निर्माण अवधि निर्धारित मिति २०८३ चैत मसान्त सम्म रहेको छ। राष्ट्रिय गौरवका आयोजनाको रुपमा विसं २०७४ साल वैशाखमा उक्त सडक निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको थियो ।

जिम्मेवारी प्राप्त भए पनि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । आयोजनाअन्तर्गतका सात वटा सुरुङमध्ये दुई वटा छिचोलिएको, दुई वटा निर्माणाधीन रहेका र तीन वटाको ‘पोर्टल’ कार्य भइरहेको सेनाले जनाएको छ ।

कूल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल ४३ दशमलव छ र वित्तीय प्रगति ४४ दशमलव ७२ रहेको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिएका छन् । द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल रहने छन् ।

त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजनाको प्रारम्भिक अनुमानित लागत रु दुई खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न हुने झाले जानकारी दिए। सडक निर्माण सम्पन्न भए काठमाडौँ उपत्यकासँग तराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर