Wednesday, July 1, 2026

चितवनबाट हेटौँडा आउँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

कलैया, ७ कात्तिक। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका पैदलयात्री स्याङतानलाई उपचारको लागी हेटौँडा अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो। प्रहरीले ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतो रहेका छन्। उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर