Friday, July 3, 2026

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बारा, १२ साउन । इन्जिनियर्स दिवस २०८१ को उपलक्ष्यमा नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रद्वारा बि.आई.टि. कलेजमा वृहत रक्त दान कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल मधेश प्रदेशले सहयोगी भूमिका खेलेको थियो ।

उक्त कार्यक्रमको संयोजकत्व सेन्टर कर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल पर्सा जिल्लाका सभापति ई. प्रियांशु कुमार गुप्ताले गर्नु भएको थियो। उक्त कार्यक्रममा भारतीय महावानिज्यदुत हावानिज्यदुत देवी सहाय मिनाज्युको प्रमुख अतिथ्यता रहेको थियो। हरेक वर्ष श्रावण ३ गतेका दिन मनाइने इन्जिनियर्स दिवसका दिन यस नेपाल ईन्जिनियर एसोसिएसन, वीरगन्ज केन्द्रले सामाजिक कार्य गरी उक्त दिवस मनाउने गरेकोछ।

उक्त कार्यक्रममा ई. वेद प्रकाश कुर्मी, ई. विकेश साह, ई. रुपेश चौरसिया, ई. इकबाल हुसैन, ई. सोनु गुप्ता, ई. पप्पु गुप्ता, ई. मनोज कुमार दास समेतका व्यक्तिले रक्तदान गरेका थिय भने ई. राघिब हुसैन, ई. बैद्यनाथ कोइरी तथा ई. पंकज मल्लिकले कार्यक्रममा विशेष सहयोग गरेका थिए। यस वर्ष रक्त संचार केन्द्र, वीरगन्जमा रगतको विशेष अभाव भएको वेलामा सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल मधेश प्रदेश संगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर