Sunday, July 5, 2026

सात्विक गढीमाई अभियान अन्तर्गत नेपाल भारत मिडियाकर्मीको भुमिका बिषयेक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कलैया,१९ साउन । सात्विक गढीमाई अभियान अन्तर्गतको नेपाल भारत मिडियाकर्मीको भुमिका बिषयेक अन्तरक्रिया कार्यक्रम कलैयामा सम्पन्न भएको छ ।

पशुकल्याण संघ नेपालले बाराको सदरमुकाम कलैया स्थित दरबार होटेलमा आयोजना गरेएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले पशुबली निरुत्साहित हेतु सात्विक पुजापाठलाई महत्त्व दिनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रमको उदघाटन महागढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा र गढीमाई मन्दिर संचालन तथा बिकास समिति अध्यक्ष रामचन्द्र साहले संयुक्तरूपमा पानसमा दिप प्रजवलन गरि उदघाटन गर्नु भएको थियो ।

उदघाटन शत्रलाई सम्बोधन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले पशुबली होईन सात्विक पुजापाठलाई मान्यता दिनका लागि पशुकल्याण संघले निरन्तर रुपमा जनचेतना जगाउनु पर्ने बताएका थिए । बिश्व प्रसिद्व शक्तिपिठ गढीमाई प्रती आस्था बिश्वास राखी भाकल गर्ने भक्तजनले सात्विक पुजापाठलाई मान्यता दिनु पर्ने उनको धारणा थियो।

सोही कार्यक्रममा बोल्दै गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह तेलिले बिश्वमा पशुबलिको नामले चिनिने गढीमाई मेलामा श्रद्धालु भक्तजनले श्रद्धा पुर्वक रांगा, बोका ल्याउने भएकाले माताको प्रसादको रुपमा ल्याईने बस्तु लाई नकार्न नमिल्ने, मातालाई फुल अबिर मिठाइले समेत प्रसन्न खुशी पार्न सकिने आस्था र बिश्वास जगाउन संदेशमुलक होडिङ्ग बोर्ड, सडक नाटक, समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिए।

संघकी अध्यक्ष स्नेहा श्रेष्ठले अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै आस्था र बिश्वासको प्रतिकको रुपमा रहेको शक्ति पिठ गढीमाईको महिमा अपरम्पार रहेको बताईन । श्रेष्ठ उनी आफै शक्तिपिठ गढीमाईको भक्त रहेको पनि बताईन् ।

हरेक पाँच वर्षमा लाग्ने उक्त मेलामा भाकल स्वरुप ल्याईने रांगा , बोका , परेवा आदि पशुपंक्षीको सट्टा नगद राशी दान गरि पुण्य कमाउन सकिने भएकोले सकारात्मक संदेश आम जनमानसमा फैलाउन संचारकर्मीको भुमिका अहम रहेको बताईन् ।

पशु कल्याण संघ नेपालको अध्यक्ष स्नेहा श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संचारकर्मीले उठाएको प्रश्न र जिज्ञासालाई निमित प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा र स्नेहा श्रेष्ठले सम्बोधन गरेका थिए ।

यस्तै कार्यक्रममा बारा ,पर्सा ,रौतहट लगायत मीत राष्ट्र भारतका मेडियाकर्मीहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहता , पुर्व भौतिक राज्यमन्त्री कलावती पासवान लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको संचालन भने पत्रकार नरेश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर