Saturday, July 4, 2026

गढिमाई मेलाको शोभा यात्रा भोलि , यस्तो छ रुट

बारा , १६ असोज । बलिका लागि प्रसिद्ध महागढीमाई नगरपालिकको वडा नम्बर १ बरियारपुरमा रहेको गढीमाई मेलाको उद्घाटन असोज १७ गते बिहीवार हुँदै छ । मेलाको मुल समितिका अध्यक्ष एवं महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवका अनुसार भोलि बिहिवार उद्घाटन एवं शोभा यात्रा निकालिने छ । बिहिवार बिहान ९ बजे गढिमाई मन्दिर परिसरबाट शोभा यात्रा सुरु हुने मुल समितिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।

प्रस्थान विन्दु गढीमाई मन्दिर देखि बरियारपुर गाउँ हुदै वरियारपुर ईनर्वा चौक, तेलकुवा चौक नहर, बसतपुर चौक हुँदै नेपाल भारत सिमा रहेको मटिअर्वा चौक सम्म शोभा यात्रा हुने छ । त्यसपश्चात् शितलपुर विशमरपुर, जिल्लाको सदरमुकाम कलैया स्थित भरत चौक देखि गुप्ता पेट्रोल पम्प, अंसारी पेट्रोल पम्प हुँदै अदालत रोड रामपुर-विजुलपुर देखि गंजमवानीपुर – दहियार हुदै अन्तिममा फेरि गढीमाई मन्दिर सम्म आएर शोभा यात्रा सम्पन्न हुने यादवले जानकारी दिएका छन् ।

प्रत्येक पाँच वर्षमा एकपटक  लाग्ने मेलामा लाखौं श्रद्धालुहरु आउने गरेको इतिहास छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर