बारा,१० कार्तिक । बारामा अज्ञात समुहले धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ सेमरा तेगछीयामा अज्ञात समुहले धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरेको हो ।
हत्या हुनेमा सोही वडाका ५० वर्षिय श्रीनारायण यादव रहेको प्रहरीले जनाएको छ।
उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।
उक्त घटनामा एक जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।