कलैया,१२ कार्तिक ।बाराको महागढीमाई नगरपालिका १ का श्री नारायण यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै आइतबार कलैयामा प्रदर्शन भएको छ ।
शनिबारराती महागढीमाई नगरपालिका वडा नम्बर १ सेमरा तेगछीयामामा अज्ञात समुहले नयाका टोलमा बस्ने ५० वर्षीय यादवको धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।
हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासीले आइतबार जिल्लाको सदरमुकाम कलैयाको मुख्य भरत चौक्मा शव राखेर प्रदर्शन गरेका हुन् ।
प्रहरीले सोमबार बेलुका सम्म दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सचिव भैयारामा यादवले माग गरेका छन् ।
दोषीलाई सार्वजनिक नगरे तथा उचित न्याय नदिए चरमबद्ध कडा रुपमा आन्दोलन गर्ने चेतावनीसमेत सचिव यादवले दिएका छन् ।
उक्त घटनामा संलग्न रहेको आशंकाको आधारमा सात जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैइरहेको जिल्लामा रहेकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रवक्ता सापकोटाले बताएका छन् ।
यादवको शव पोष्टमार्ट्म पछि परिवारजनले दाहसंस्कारको लागि बुझेर लागेको प्रवक्ता सापकोटाले बताए ।