Thursday, July 2, 2026

कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

कलैया,०६ मंसिर । कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा रहेको दास गेष्ट हाउसमा सातौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनको नव निर्वाचित पदाधिकारीहरु संघको सभा हलमा बुधबार एक कार्यक्रम बिच सपथ ग्रहण गरेका हुन् ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

कार्यक्रमको प्रमुख अतिथि क्यानका केन्द्रिय सदस्य एवम् अधिवेशन प्रतिनिधि दिपक साहले अधिवेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए।

नव निर्वाचित संघका अध्यक्षमा लक्ष्मण चौधरी,उपाध्यक्षमा सुरेश प्रसाद यादव,कोषाध्यक्षमा दिपक कुमार गुप्ताले सपथ ग्रहण लिएका प्रमुख निर्वाचन अधिकृत शिवनाथ प्रसाद यादवले जानकारी दिएका छन् ।

त्यस्तै सचिवमा बिनोद प्रसाद साह र सहसचिवमा पवन कुशवाहाले पनि सपथ लिएका छन् ।

त्यसैगरी सदस्यमा बिनाकान्त यादव,सुनैना यादव र सुमिन्त्रा चौधरीले पनि सपथ ग्रहण गरेका हुन् ।

सो समितिको सल्लाहकारमा शशिभुषण यादव र शिवनाथ प्रसाद यादव मनोनित भएका छन् ।

उक्त कार्यक्रममा क्यान मधेस प्रदेशका सचिव गणेश शर्मा,क्यान बाराका पुर्व अध्यक्ष संजय कुमार केशरी,क्यान पर्साका अध्यक्ष प्रशान्त कुमार,क्यान मधेस प्रदेशका पुर्व अध्यक्ष आलोक चौरसिया,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर