38 C
Kalaiya

Tuesday, June 24, 2025
38 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

पत्रकारलाई धाक धम्की दिनु दुःखद: मंत्री जयसवाल

spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज, २२ पुस । मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले विभिन्न मिडियाबाट लगाइएको आरोपहरूलाई निराधार, तथ्यहीन र अपुरो रहेको बताएका छन्। उनले नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी आफूविरुद्ध सञ्चारमाध्यममा लगाइएका विभिन्न आरोपहरूको खण्डन गरेका हुन्।

Advertisement
Advertisement

मन्त्री जयसवालले अदालतबाट आफूले पूर्ण सफाइ पाएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पुर्नाबेदन अदालतको आदेशमा राखिएको धरौटी समेत फिर्ता गर्न आदेशको प्रतिलिपी सार्वजनिक गरे । मन्त्री प्रमोद जयसवाले आफ्ना भाइ प्रदीप जयसवालले पनि वन्यजन्तु चोरी सिकारीको आरोपमा सीआइबीसहित सबै निकायबाट पनि सफाइ पाएको दाबी गरे ।

Advertisement

पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यमले एकपक्षीय र पूर्वाग्रहपूर्ण ढङ्गले समाचार प्रकाशित गरेको गुनासो पोखे । उनले आफूलाई बदनाम गर्ने नियतले समाचार लेखिएको आरोप लगाउँदै समाचार प्रकाशित गर्नुअघि आफ्नो धारणा समेत माग नगरेकोप्रति गम्भीर असन्तोष व्यक्त गरे । उनले सञ्चारमाध्यमहरूलाई समाचार खण्डन गर्न आग्रह गर्दै त्यसो नगरे कानुनी कदम चाल्ने चेतावनी पनि दिए । साथै, उनले तथ्यविहीन र भ्रमपूर्ण समाचारले जनतामा गलत सन्देश जाने बताउँदै त्यस्ता खबरहरूको जिम्मेवारी सञ्चारमाध्यमले लिनुपर्नेमा जोड दिए ।

मन्त्री जयसवालले समाचार लेख्ने पत्रकार अन्य कुनै व्यक्तिको प्रभावमा आएको दाबी गर्दै सो व्यक्तिले पत्रकारलाई अधुरो जानकारी मात्र दिएको आरोप पनि लगाए । उनले यस्ता समाचार प्रकाशित गर्नुअघि पूरा सत्य जानकारी लिन पत्रकारहरूसँग आग्रह पनि गरे ।

जयसवाले आफूविरुद्ध समाचार लेख्ने पत्रकार जियालाल साहले धम्की प्राप्त गरेको र उनिमाथि सामाजिक सञ्जालमा गरिएको धम्कीपूर्ण टिप्पणीको घटनामा आफू र आफ्नो पार्टीका कार्यकर्ताहरूको संलग्नता अस्वीकार गर्दै यस्ता गतिविधिहरूको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे । उनले समाचार लेखेकै भरमा पत्रकारलाई धाक धम्की दिनु दुखद भएको बताउँदै त्यस्तो नगर्न आग्रह पनि गरे ।

मन्त्री जयसवालले सबै घटनालाई राजनीतिक षड्यन्त्रको हिस्सा भएको बताउँदै अदालतको आदेशलाई प्रमाण मान्न आग्रह गर्दै आफ्नो व्यक्तिगत छवि र पदीय मर्यादामा आँच पुर्‍याउने कुनै पनि भ्रम सिर्जनाप्रति असन्तोष व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर