Sunday, August 16, 2026

साउदी अरबबाट पनि श्रम वैधानिकीकरण सुरू

Advertisement
Advertisement Advertisement

काठमाडौ, ३० साउन । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन्।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दुताबास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिए।

श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरु आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानविय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको जानकारी दिए । साउदी अरबसँग द्विपक्षिय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिदै मन्त्री भण्डारीले अवको सेवाहरु प्रविधिमा आधारित रहने जानकारी दिए।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्‍चित भएकोले दुताबासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औल्याए।

राजदुत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरुको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन्। न्युजकारखाना

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर