Thursday, June 4, 2026

नेपाललाई नर्दन टेरिटोरिले दियो १७८ रनको लक्ष्य

spot_img

कलैया, ३० साउन। अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दै छ। आज जारी खेलमा नर्दन टेरिटोरी स्ट्राइकले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ। नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो।

अस्ट्रेलियाको स्थानीय क्लब रहेको नर्दन टेरिटोरी (एनटी) स्ट्राइकले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै टेरिटोरीले १७७ रनको लक्ष्य बनाएको हो। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, साहब आलमले २ विकेट र कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, गुलसन झाले १–१ विकेट लिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर