Friday, October 16, 2026

स्रोत नखुलेको २० लाख भन्दा बढी रकम सहित दुई जना पक्राउ

Advertisement
Advertisement

कलैया, ३० साउन।  सप्तरीबाट स्रोत नखुलेको २० लाख भन्दा बढी रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सप्तकोशी नगरपालिका-४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका-३ बस्ने २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय आएन राई रहेका छन् । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर