27.4 C
Kalaiya

Thursday, August 21, 2025
spot_img
27.4 C
Kalaiya
Thursday, August 21, 2025

अत्यधिक चिसो मौसममा गहुँको तल्लो पातहरू पहेँलो हुने मुख्य कारण र समाधान

spot_img
spot_img
spot_img

कलैया, २२ पुस। गहुँ नेपालको तेस्रो मुख्य खाद्यान्न बाली हो र यो मुख्यतया तराई र पहाडी क्षेत्रमा जाडो मौसममा लगाइन्छ तर जाडोमा अत्यधिक चिसोका कारण तापक्रम १५ डिग्री सेल्सियस भन्दा तल झर्दा गहुँका तल्लो पातहरू पहेँलो हुनु सामान्य समस्या हो। यो अवस्थामा पातले प्रकाश संश्लेषण कम गर्छ र बिरुवाको वृद्धिमा रोकावट भइ बिरुवालाइ नकारात्मक असर गर्छ।

Advertisement

यो समस्या नेपालको तराईक्षेत्रमा बढी देखिन्छ र यो समस्या खासगरी पौष महिनामा देख्ने गरिन्छ। पराल जलाएको खेतमा गहु लगाउदा यो समस्या बढी देखिन्छ। किनभने पराल जलाउँदा ती खेतको माटोमा हुने सूक्ष्मजीवहरूको संख्यामा ठूलो कमी आउँछ तथा जब तापक्रम १५ डिग्री सेल्सियसभन्दा तल झर्छ, तब सूक्ष्मजीवहरूको गतिविधि एकदमै कम हुन्छ जसले गर्दा गहुँको तल्लो पात पहेँलो हुन जान्छ।

Advertisement

यी सूक्ष्मजीवहरूको मुख्य काम माटो भित्र घुलनशील पोषक तत्वहरूलाई घुलनशील रूपमा रूपान्तरण गरी बिरुवाहरूलाई उपलब्ध गराउनु हो। बिरुवा भित्र रहेका सूक्ष्मजीवहरू (एन्डोफाइट) ती पोषक तत्वहरूलाई बिरुवाका विभिन्न भागहरूमा लैजान काम गर्छन्। अत्याधिक चिसोका कारण यो गतिविधिमा ठुलो ह्रास आउँछ।

के यो रोग हो ?

यो कुनै रोग होइन, यो वातावरणीय र मौसममा घटबढले गर्दा यो समस्या उतपन्न हुन्छ तर पछि उपयुक्त वातावरण पाएपछी बिरुवाहरू समय संगै आफैं स्वास्थ भइहाल्छन। यसको वास्तविक कारण नबुझ्दा किसानहरु चिन्तित भएका हुन्छन । यस समस्यालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न यसको पहिचान, कारण र उपायहरू बुझ्नु अत्यन्त महत्त्वपूर्ण छ।

गहुँका पातहरु पहेँलो हुनुका मुख्य कारणहरु ,

अत्याधिक चिसोका कारण पहिलो वा दोस्रो सिंचाई पछि खेतमा पानी जमेको कारण धेरै पटक बिरुवाको तल्लो पातहरू पहेँलो हुन्छ।
चिसो मौसमले गर्दा माटोमा भएका सूक्ष्मजीवहरूको गतिविधिमा गहिरो प्रभाव पार्छ, जसले गर्दा बिरुवाहरूद्वारा पोषक तत्वहरूको शोषणमा बाधा पुर्‍याउँछ।

जाडोमा नाइट्रोजनको उपलब्धता कम भइ यसको कमीले बिरुवाको पात पहेँलो हुन्छ साथै जिंक र सल्फरको कमीले पनि पातहरू पहेंलो हुनु प्रमुख कारण हो।

जाडोमा दिन छोटो भएकाले बिरुवाको तल्लो पातले पर्याप्त सुर्यको प्रकाश पाउँदैन जसले गर्दा प्रकाश संश्लेषणमा कमी भइ पातहरु पहेलो हुन्छन।

पहेँलोसिन्दुर ( एल्लो रस्ट) र पातको बलाइट रोगहरूले तल्लो पातहरू पहेँलो बनाउँछ। जरा र काण्ड सड्ने रोगको कारण, बिरुवा कमजोर र पहेंलो हुन्छ।

पातहरू पहेँलो हुने समस्यालाई व्यवस्थापन गर्ने उपायहरु ,

उपयुक्त समयमा गहु लागाउने:
उपयुक्त समयमा गहुँ छर्दा बिरुवालाइलाई चिसोको प्रतिकूल प्रभावबाट बचाउन सकिन्छ। प्राय: तराई क्षेत्रमा कार्तिकको अन्तिम हप्ता देखि मंसिर १५ गते सम्म र पहाडमा कार्तिक महिना भित्रमा लगाउनुपर्छ ।

सिंचाईको राम्रो व्यवस्थापन गर्ने:

गहुँमा पहिलो सिचाइ गहुँ रोपेको २०-२५ दिन भित्रमा गर्नुपर्छ र त्यसपछि आवश्यकता अनुसार सिंचाई गर्नुपर्छ तर खेतमा एकदिन भन्दा बढी दिन सम्म पानी जम्न दिनु हुँदैन ।

मल तथा पोषक तत्वहरूको उचित व्यवस्थापन गर्ने:

गहुँ रोपने बेलामा नाइट्रोजन (युरिया) सिफारिस गरेको आधा भाग र फस्फोरस र पोटासको पूर्ण भाग प्रयोग माटोमा दिनुपर्छ र त्यसपछि पहिलो र दोस्रो सिँचाइको समयमा बाकी रहेको युरिया भाग दोस्रो र तेस्रो गरि टप ड्रेसिङ गर्नुपर्छ । साथै युरिया सङ जिंक सल्फेट २०-२५ किलो प्रतिहेक्टर) र सल्फर (१५-२० किलो प्रतिहेक्टर) प्रयोग गर्दा उत्पादनमा वृद्धि हुन्छ।

बाली अवशेष व्यवस्थापन गर्ने:
गहुँ खेती गर्नुअघि खेतमा पुरानो बालीको अवशेषलाई कहिल्यै जलाउनु हुँदैन किनभने यसले गर्दा खेतको माटो बाँझो हुन जान्छ । पराल जलाउनुको सट्टा, यसलाई विघटन गर्ने यन्त्रले कुहाएर माटोमा मिसाउने। यसले माटोको उर्वरता र रोग प्रतिरोधी क्षमता बढाउँछ।

युरियाको स्प्रे गर्ने:

खेतमा पहेँलो पातहरु देखेमा युरियाको घोल १% वा २% (१० वा २० ग्राम युरिया प्रति लिटर पानीमा घोलेर) छर्कने । ०.५% म्याग्नेसियम सल्फेट छर्केर बिरुवालाई हरियो राख्न मद्दत गर्छ।

दुसीनाशक विषादी छर्कने:
यसरी पहेँलो पातको साथसाथै पातमा जलेको र सिन्दुरे धब्बा देखेमा कार्बेन्डाजिम ७५% डब्लुपी दुसीनाशक विषादी २ ग्राम प्रति लिटर पानी का दरले छर्के वा प्रोपिकोनाजोल २५% इसी (जस्तै बोनस, बम्पर, टिल्ट २५) ०.७५ ग्राम प्रत्ति लिटर पानीका दरले मिसाई छर्कने ।

(पन्जाब टेक्निकल युनिभर्सिटी, भारतबाट कृषिमा स्नातक गरेका राजेश्वर मण्डलको सहयोगमा)

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर