बारा, ०३ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
पेट्रोलको मूल्यमा एक रुपैयाँ बढेको निगमले जनाएको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।
डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटेको निगमले जनाएको हो । आज राति १२ बजेदेखि नया मुल्य लागू हुने छ ।
