30.7 C
Kalaiya

Friday, October 17, 2025
spot_img
30.7 C
Kalaiya
Friday, October 17, 2025

आज २०८१ साल फागुन ०४ गते आइतबार, यस्तो छ तपाईको राशिफल

spot_img
spot_img

आजको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्न गाह्रो हुनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। अध्यात्मतिर झुकाव अलि बढी रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि सोचविचार गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

Advertisement

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रियजनहरूको आगमनले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। सांगितिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। नयाँ अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गराउनमा सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। अप्रिय लागेपनि अरुको कुरालाई महत्व दिनुहोस्। मौसमी बिमारीबाट आफूलाई जोगाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा धन लाभ हुनेछ। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि साथी भाइहरूले राम्रो सहयोग दिनेछन्। अनलाइन लेनदेन होस् पुर्याएर गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको गलत अर्थ लाग्नाले वादविवाद पर्ने सम्भावना रहेको छ। लगनशीलताले गर्दा लक्ष्यमा पुग्न गाह्रो नहोला। शुभ समाचार पाउँदा परिवारजनहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आगन्तुकहरूले अल्मल्याउँदा कार्यसम्पादन गर्नमा समय लाग्नेछ। कार्यक्षेत्रमा आफ्नो कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। विदेश यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापारमा लगानी बढाउनुपर्ने स्थिति निर्माण हुनेछ। कार्यक्षेत्रमा अपरिचित व्यक्तिको विश्वास गर्दा धोखा पाइनेछ। उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। सोचे जस्तो नतिजा तत्काल प्राप्त नहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विगतमा गरेको कार्यबाट प्रशस्त लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना रहेको छ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। जनसमर्थन मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यको सन्दर्भमा विशिष्ट जनहरूको साथ मिल्नेछ। दिगो कामको जग बसाउने अबसर मिल्नेछ। तारिफ योग्य कामले अरुको उपकार गर्न सकिनेछ। आय आर्जन राम्रो रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नियमित कामलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसायमा मित्रवर्गहरूको साथ र सहयोग मिल्नेछ। चिकित्सा वा शिक्षाको क्षेत्रमा नयाँ चुनौती मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर