26.7 C
Kalaiya

Friday, March 21, 2025
26.7 C
Kalaiya
Friday, March 21, 2025

spot_img

बाराको सुधार गृहमा प्रशासनको अनुगमन

spot_img
spot_img

कलैया,०५ फागुन । बाराको सुधार गृहमा प्रशासनले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वको टोलिले कलैया उपमहानगरपालिका वडा नम्बर १ र ६ मा रहेको राइजिङ्ग नेपाल र हेल्पिङ्ग हण्ड सुधार गृहको अनुगमन गरेको छ ।

राइजिङ्ग नेपालमा १४ र हेल्पिङ्ग हण्डमा १२ जना सुधारार्थीहरू भएकाले शौचालय,खानेपानी,सुत्ने बेड,खाना बनाउने कोठा लगायतको समस्या रहेको छ ।

सुधारार्थीहरू बेडको माथी पनि बेडमा म्याट्रेश बिछ्याएर सुत्न बाध्य छन् भने सिरक, तन्ना र झुलको समेत अभाव रहेको पाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

सुधार केन्द्रहरुको शाखा बिस्तारको पत्र,नवीकरण,अनुमति,भौतिक अवस्था,गुणस्तर, नियमको पालन भए नभएको तथा अन्य सेवा सुविधाको अवस्था बुझन अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी सहित स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रादेश खत्री,सशस्त्र प्रहरी बल नम्बर १२ गण हेक्वाटर प्रहरी निरीक्षक प्रेम सिंह धामी र स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर