23.2 C
Kalaiya

Saturday, October 18, 2025
spot_img
23.2 C
Kalaiya
Saturday, October 18, 2025

माघ महिनामा मात्रै मधेसमा ७ सय भन्दा बढि फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

कलैया, १० फाल्गुन। आर्थिक वर्ष २०८१/०८२ को माघ महिनामा नेपाल प्रहरीले तीनहजार दुईसय ६४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने तिनीहरूबाट २३ करोड ९२ लाख ११ हजार ७२ रुपैयाँ जरिवाना तिराएको छ।

Advertisement

प्रदेशगत तथ्याङ्क हेर्दा कोशी प्रदेशमा ५ सय २७ जना पक्राउ एक करोड ४९ लाख ३५ हजार ३ सय ४७ रुपैयाँ, मधेस प्रदेशमा सात सय १३ जना पक्राउ हुँदा, ९७ लाख २९ हजार दुईसय ७० रुपैयाँ जरिवाना, बागमती प्रदेशमा १ सय ७० जना पक्राउ हुँदा एक करोड १४ लाख ७८ हजार ३० रुपैयाँ जरिवाना तिराइएको छ।

Advertisement

गण्डकी प्रदेशमा दुई सय १६ जना पक्राउ हुँदा एक करोड ६४ लाख ४७ हजार आठ सय छ रुपैयाँ जरिवाना, लुम्बिनी प्रदेशमा पाचसय ७३ जना पक्राउ हुँदा १० करोड ९९ लाख ९२ हजार दुई सय ६३, कर्णाली प्रदेशमा ५५ जना पक्राउ हुँदा २१ लाख ९६ हजार दुईसय ९० रुपैयाँ जरिवाना, सुदुरपश्चिम प्रदेशमा ८९ जना पक्राउ हुँदा सात लाख ६२ हजार पाँच सय ३६ रुपैयाँ जरिवाना र काठमाडौं उपत्यकामा नौ सय तीन जना पक्राउ हुँदा ५ करोड ८२ लाख ६४ हजार पाँच सय ३० रुपैयाँ जरिवाना तिराइएको नेपाल प्रहरीले जनाएको छ।

Advertisement

यस्तै केन्द्रिय अनुसन्धान ब्युरोले ७ जना फरार प्रतिवादीलाई पक्राउ गर्दा एक करोड ५४ लाख ८५ हजार जरिवाना तिइराएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर