21.8 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.8 C
Kalaiya
Saturday, November 1, 2025

आज २०८१ साल फागुन १३ गते मंगलबार,यस्तो छ तपाईको राशिफल

spot_img
spot_img

आजको राशिफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत र प्रयत्नले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। भौतिक संसाधन जुटाउनमा सफल भइएला। न्यायिक मामिलाहरूमा दिन अलि कमजोर रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

Advertisement

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आयका नयाँ स्रोतहरू बढ्नेछन्। अध्ययनमा रुचि बढ्नेछ। पूजापाठ र धार्मिक क्रियाकलापहरूमा सहभागी हुनूहुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा पुराना सम्झौताहरूलाई नवीकरण गर्ने समय रहेको छ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। आमाको स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा रोकिएको कार्य बन्ने वा नयाँ कार्य प्रारम्भ हुनेछ। आत्म विश्वासमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकद्वारा राम्रो सहयोग प्राप्त हुनेछ। नयाँ नोकरीमा प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा प्राथमिकताको आधारमा कार्य गर्नुहोला। आकस्मिक धनलाभका योग छन्। कार्यक्षेत्रमा विवाद उत्पन्न हुन सक्छ सावधानी राख्नुहोला सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा नयाँ प्रस्ताव आउने तथा साझेदारहरूको सहयोग बढ्नेछ। पारिवारिक जमघटको बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ साथै रचनात्मक क्रियाकलापहरूमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। विगतका कुराहरूलाई लिएर घरपरिवारमा मनमुटाव रहनेछ। यात्रामा हुनुहुन्छ भने आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। अनलाइन वस्तु किन्दा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक सञ्जालको माध्यमबाट शुभ सूचना मिल्नेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। कृषि वा पशुपालन व्यवसायबाट लाभ प्राप्त होला। कार्यक्षेत्रमा तारिफ योग्य कामले धेरैको प्रशंसा बटुल्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विशिष्ट जनहरूको साथ मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। ठेकापट्टाको कामबाट विशेष लाभ प्राप्त गर्ने अवसर मिल्नेछ। बिग्रीएका कार्यहरू बनाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पूजा आराधनामा र देवालयमा समय बित्नेछ। गृहणीहरू आज गृहकार्यमा व्यस्त रहनेछन्। अप्ठ्यारो काममा छरछिमेकीहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा कार्यकुशलता वा नेतृत्वले अधिकारी वर्गहरूलाई प्रभावित गर्न सकिनेछ। आय आर्जन सामान्य रहनेछ। आफन्तहरूसँग वैचारिक मतभेद रहन सक्छ। सवारी साधनमा धन खर्च हुनसक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा निजी दायित्व निर्वहनमा बाधा आउनेछ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ साथै जीवन साथीको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर