Saturday, July 4, 2026

७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंग्लबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले राष्ट्रिय परिचयपत्र लागू गर्ने भए घरघरमै गएर दिने व्यवस्था मिलाउन माग गरे ।

‘अहिले देशव्यापीरूपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगरियोस् । यो लागू गर्ने अवस्था भयो भने प्रत्येक पालिकाको वडामा नै दिने व्यवस्था र सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरोस्,’ उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर