Thursday, July 2, 2026

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरू र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर