Live

विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्प घोषणाः आदिल आलम पनि समावेश
00:23
Video thumbnail
प्रादेशिक अस्पताल कलैयाको फार्मेसीमा औषधि अभाव
00:33
Video thumbnail
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
00:30
Video thumbnail
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
00:37
Video thumbnail
नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित
00:24
Video thumbnail
नेपालले जित्यो एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधि | NEPAL CRICKET |
00:23
Video thumbnail
बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्यो किसानको १९ लाख कृषि विद्युत् महसुल
00:49
Video thumbnail
बाराको सिमरास्थित जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते
00:22
Video thumbnail
बारामा मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
00:38
Video thumbnail
#baraupdate #nepalpolice
01:38
प्रतिक्रिया लेख्नुहोस्
30.4 C
Kalaiya
Wednesday, July 23, 2025

spot_img

वीरगन्ज २५ का वडाध्यक्ष चतुर्वेदी र व्यवसायी पोखरेलमाथि पक्राउ पुर्जी जारी

spot_img
spot_img
spot_img
spot_img
Advertisement

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी र ट्रान्सर्पोट व्यवसायी बालकृष्ण पोखरेलमाथि मंगलबार पक्राउ पुर्जी जारी भएको छ । ज्यान मार्ने उद्योगमा पर्सा जिल्ला अदालतले चतुर्वेदी र पोखरेलमाथि पक्राउ आदेश दिएको हो ।

Advertisement
Advertisement

गत फागुन २९ गते वीरगन्जको पानीट्यांकीमा रहेको डायमण्ड पार्टी प्यालेसमा आयोजना भएको हाली मिलन समारोहमा चतुर्वेदी र पोखरेलको समूहले भूषाल चौरसियामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए । घाइते भएका भूषालको दाहिने हातको औलामा ४ वटा टांका लागेको छ । शरिरको विभिन्न भागमा चोटपटक लागेको छ ।

Advertisement
Advertisement

होली मिलन समारोहमा गएका भूषालमाथि डायमण्ड पार्टी प्यालसको हल बाहिर आक्रमण गरी चतुर्वेदी र पोखरेल हल भित्र प्रवेश गरि भित्रबाट ढोका बन्द गरे । प्रत्यक्ष्ँदर्शीका अनुसार आवेशमा आएको चौरसियाको समूह चतुर्वेदीलाई खोज्दै हलभित्र प्रवेश गरेको थियो । चौरसिया हालभित्र प्रवेश गरेपछि चतुर्वेदी र पोखरेल गाली गर्दै ढोकातर्फ आएका थिए । त्यहीक्रममा भएको झडपको मात्र फुटेज निकालेर एउटा समूहमाथि पूर्वाग्राही रुपले आक्रमण गरिएको चौरसियाको गुनासो छ ।

चतुर्वेदीको विवादित पृष्ठभूमि

वडाध्यक्ष्ँ चतुर्वेदी विवादमा परेको यो पहिलो पटक भने हैन् । वडाध्यक्ष नहु“दै लकडाउनको समयमा आदर्शनगर पानीटंकी देखि छपकैया जाने सडक पीच गर्ने ठेक्काको काम उनले लिएका थिए । सिर्सियाखाल्वा टोलाका बान्का पटेल सग रक्सी खाएर उनले छपकैया निवासी रियाजमाथि तातो अलकत्रा फालिदिएका थिए । रियाजले मात्र पिचको गुणस्तर माथि प्रश्न गरेका थिए । अलकत्राले कम्म्रसम्म जलेर घाइते भएका रियाज एक हप्ता अस्पताल भर्ना भएका थिए । विभिन्न शक्ति केन्द्र धाएर चतुर्वेदी त्यसबेला कानुनबाट उम्किएका थिए ।

यसैगरि उनी वडाध्यक्ष निर्वाचित भएको डेढ वर्षपछि २०८० कात्तिक ५ मा वीरगन्ज महानगरपालिकाका सरसफाई कर्मचारी नेक महमदलाई कुटेर उनको टाउको फुटाइदिएका थिए । दशै“ मेलाको फोहर संकलन गरिरहेका नेकको टाउको वडाध्यक्ष चतुर्वेदीले आफ्नो दुईवटा मोबाइलले हिर्काएर फुटालेका थिए । त्यसपछि त्यही रहेका महिला सरसफाईकर्मीले चतुर्वेदीलाई झाडुले हिर्काएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

त्यसबेलाका पर्साका एसपी कोमल शाहले वडाध्यक्ष्ँलाई रातिनै पक्राउ गर्न ड्राईपोर्टको प्रहरीलाई खाल्वाटोला पठाएका थिए । पुलिस आउने सूचना थाहा पाएर चतुर्वेदी घरबाट भागेर तेजारथ टोलमा रहेको साह दरबार होटलमा लुकेका थिए । नेकमहमदले प्रहरीमा जाहेरी दिए । तर, यसपटकपनि शक्तिकेन्द्रको दबाबमा मुद्दा जबरजस्ती मिलापत्र गराईयो ।

एसपी कोमल शाहको सरुवा भएपछि पर्सामा एसपी कुमोध ढुंगेल आए । उनको पालमा चतुर्वेदीले ‘एसपी, सिडिओ, मेयर, हाकिम चोर’ भनेर सामाजिक सञ्जालमा विभिन्न स्टेट्स पोस्ट गरे । राति रक्सी खाएको बेला सामाजिक सञ्जालमा जस्को पनि चरित्र हत्या गर्ने उनको पुरानै बानी हो । तर, यसपाली उनी माथि साइबर अपराध सम्बन्धमा प्रहरीमा जाहेरी दर्ता भयो । पक्राउ पुर्जी जारी भएको थाहा पाएर २८ दिन चतुर्वेदी भारतमा लुकेर बसे । म्याद सकिएपछि पर्सा अदालतमा हाजिर भएका उनी ७५ हजार धरौटीमा रिहा भएका थिए ।

त्यसपछि पनि उनी सुध्रिएनन् । गत कात्तिकमा रक्सी खाएर आदर्शनगरमा प्रहरीसगै झगडा गर्न थाले । एसटीएफ प्रहरीलाई उनलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विर्ताको जिम्मा लगाएको थियो । रातभरि विर्ता प्रहरीको थुनामा रहेका चतुर्वेदी भोलिपल्ट विहान ११ बजे रिहा भएका थिए । गत फागुन २३ मा समेत उनले वरिष्ठ सई सागर राणको विरुद्धमा फेरि सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । यी पृष्ठभूमिलाई लुकाएर होलीको समयको जम्मा साढे २ मिनेटको भिडियो भाइरल बनाएपछि उनको विगतस“ग परिचित वीरगन्जवासी आश्चर्यचकित बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर

Close