Monday, September 14, 2026

आज २०८१ साल चैत १८ गते सोमबार,यस्तो छ तपाईंको राशिफल

Advertisement
Advertisement Advertisement

आजको राशिफल :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनावश्यक शंका हितकारी नहोला। अधिकारीहरूको समक्ष प्रतिभा देखाउनमा सफलता मिल्नेछ। अड्किएका कार्य सजिलै प्रारम्भ हुनेछन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : रचनात्मक कार्यहरूमा रुचि बढ्नेछ। नोकरी वा पेशामा नयाँ उपलब्धि प्राप्त गर्न सकिएला। इष्टमित्र र आफूभन्दा सानाको सहयोग मिल्ला। प्रेम सम्बन्ध सुमधुर रहने छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : दाम्पत्य जीवन सुमधुर रहनेछ। युवावर्गहरूको नयाँ प्रेम प्रसंग प्रारम्भ होला। कार्यक्षेत्रमा रोकिएको कार्य प्रारम्भ हुनेछ। साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : घरपरिवारमा मांगलिक वा धार्मिक कार्यक्रममा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : कर्मयोगले मानसम्मानमा वृद्धि हुनेछ। शिक्षाको क्षेत्रमा पदोन्नतिका योग छन्। दिगो कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। घरपरिवारदेखि जोडिएका मामलाहरूमा हतारमा निर्णय नलिनुहोला। गुमाएको प्रतिष्ठा प्राप्त गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : विशिष्ट व्यक्तिहरूको सल्लाहलाई ध्यान दिनुहोस्। कार्यक्षेत्रमा चलिरहेको कार्यमा सानोतिनो बाधा उत्पन्न हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : रोजगारबाट लाभ प्राप्त हुनेछ। प्रशासनिक काममा बाधा आउनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आम्दानीभन्दा खर्चमा वृद्धिले मन अशान्त रहनेछ। व्यापार व्यवसायमा सोचविचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : लक्ष्य प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : मानसिक परेशानीहरूबाट मुक्ति मिल्नेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आयस्रोत सबलल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आर्थिक पक्ष सबल रहनेछ। सरकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। राज्य पक्षबाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको उच्च स्थान रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर