बारा, १८ चैत। गत शुक्रबार काठमाडौंको तीनकुनेमा एक घरमा आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले सुरेशको दाहसंस्कार गर्न उनको परिवारसँग आग्रह गर्दै सुरेशकी पत्नीलाई रोजगारीको व्यवस्था मिलाउने बताए ।
राजावादीहरुरले गत शुक्रबार तीनकुने लगायतका क्षेत्रमा तोडफोड र आगजनी गरेका थिए । उक्त कार्यमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।