कलैया, २० चैत। सूर्यको उपासना गरि मनाइने चार दिने चैती छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै छ । धार्मिक विधिपूर्वक आज साँझपख घरघरमा कूल देवताको पूजा गरि ठेकुवा, खिर, पुरी र केरा प्रसादको रुपमा चढाउने प्रचलन छ। खरना पछि बिहिवार भोली साँझ अस्ताँउदो सूर्यलाई अर्घ दिएर सूर्यको पूजाआजा गरिन्छ ।
शुक्रवार विहान उदाँउदो सूर्यलाई अर्घ दिएपछी औपचारीक रुपमा चैती छठ समापन भएको मानिन्छ । यो पर्व पुत्र प्राप्ती र चर्म रोग रोग निको हुने विश्वासको साथ मनाइने गरिन्छ । कार्तिकमा हुने छठमा जस्तै पछिल्ला वर्षहरुमा चैती छठमा पनि गंगासागर लगाएतका तलाउमा छठ मनाउनेको संख्या बढ्दै गएको छ ।
पारिवारिक सुख,शान्ति,समृद्धि,शारीरिक कल्याण,रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी,तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।