Sunday, July 5, 2026

स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ

काठमाडौं, २५ चैत । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महनगरपालिका-१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्। वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ। उनी रकम बोकेर हिँडिरहेका थिए। स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर