26.9 C
Kalaiya

Tuesday, April 22, 2025
26.9 C
Kalaiya
Tuesday, April 22, 2025

spot_img

आफ्नै छोरीलाई करणी गर्ने बुवा पर्सा प्रहरीको नियन्त्रणमा

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

कलैया २६, चैत। आफ्नै छोरीलाई करणी गर्ने एकजना बुवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पर्साको वीरगन्ज स्थित छपकैयामा आफ्नै छोरी (३४ छपकैया (प) २०८१/०८२) लाई ‘बाल यौन दुर्व्यवहार सामग्री’ देखाई करणी गर्ने र करणी गरिरहेको भिडियो बनाएर जिमेलको गुगल ड्राइवमा सेभ गरेर राख्ने उनलाई साईबर ब्युरो भोटाहिटी र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ।

पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेर सांकेतिक नाम सार्वजनिक गरेको छ। पक्राउ पर्नेको नाम जिल्ला ३४ प-१ २०८१/०८२ राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुवास नेम्वाङले जानकारी दिनुभयो।

उनले बारा अपडेटसंग कुराकानी गर्दै भने, “बुवा र छोरीको नाम गोप्य राखेका छौं। बुवाको नाम सार्वजनिक गरेपछि सबै परिवारको गोपनीयता भंग हुने छ। र त्यसको लागी कानुनले पनि रोक लगाएको छ।”

हराएका र शोषित बालबालिकाको राष्ट्रिय केन्द्र (ऐनसिएईमसी ) ले रिपोर्ट २०७९६३८८६ मार्फत साईबर ब्युरोमा कागजातहरु र मोबाइल नम्बरहरु ९८०५३७१४१०, ९७०४७५५०२६, ९८२७५४६६०१ र जिमेल एकाउन्टको प्रयोग कर्ताको विषयमा अनुसन्धान गर्दै जादा ‘बाल यौन दुर्व्यवहार सामग्री’ रहेको पाइएपछि मोबाइल सहित निज जिल्ला प-१ लाई पक्राउ गरिएको हो।

पक्राउ परेका माथि करणी सम्बन्धी कसुर र विद्युतीय इलेक्ट्रोनिक्स तथा कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर