Monday, September 14, 2026

भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रशासनको आग्रह

Advertisement
Advertisement Advertisement

कलैया, ०२ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न आग्रह गरेका हुन।

खासगरी पुराना घटनाहरूसँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएको प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी सूचनामा उल्लेख छ।

यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने भन्दै त्यस्ता सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने/गराउनेमाथि कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर