Sunday, August 9, 2026

पर्साबाट लागुऔषध सहित दुई जना पक्राउ

कलैया, ०७ चैत । पर्साबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रहरीले जिराभवानी गाउँपालिका वडा नं. ५ हरैया टोल बस्ने दिलिपप्रसाद राय र सोही ठाउँ बस्ने राजबिध्या प्रसाद खाँ थारु रहेको प्रहरीले जनाएको छ ।

सुवर्णपुरबाट वीरगञ्जतर्फ आउदै गरेको ना १२ प ३१०६ नम्बरको मोटरसाइकलमा सवारलाई जाँच गर्ने क्रममा चामलको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध नाइट्राजेपाम ८८६ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भवानी गाउँपालिका वडा नम्बर ३ नौका टोलबाट दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइ निजहरु विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर