Sunday, August 9, 2026

बाराको निजि बिधालयलाई साथ दिन आन्दोलन परिचालान समितिको आग्रह

कक्षा १२ को परिक्षामा सहभागी नहुने अडान

कलैया , ०७ वैशाख । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउन कक्षा १२ को परीक्षामा सहभागि नहुने जिल्ला आन्दोलन परिचालन समिति बाराले जनाएको छ । समितिले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । साथै समितिले बाराको निजि बिधालयलाई साथ दिन अपिल गरेको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन रहेको विज्ञप्तिमा उल्लेख छ।

बारा जिल्लाका केहि प्रधानाध्यापकहरुलाई केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनकालागि जिल्ला प्रशासन कार्यलय कलैया, बारामा बोलाएको सूचना आएकोमा जिल्ला अन्दोलन परिचालन समितिको गम्भीर ध्यानार्कषण भएको सो विज्ञप्तिमा लेखिएको छ।

जारी आन्दोलनलाई अझ सशक्त बनाउनका लागि कक्षा १२ को परीक्षा सञ्चालनार्थ कुनै पनि कार्यक्रममा सहभागी नहुन र परीक्षा सञ्चालनमा सहभागी नहुनका लागि सम्पूर्ण प्रधानाध्यापक,शिक्षक तथा कर्मचारीहरुमा परिचालन समितिले अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर