34 C
Kalaiya

Tuesday, September 2, 2025
spot_img
34 C
Kalaiya
Tuesday, September 2, 2025

‘आखिर हाम्रो के गल्ती थियो ?’

spot_img
spot_img

नमस्कार म शिक्षक, मलाई पढाउने सोच थियो
भर्नु थियो विद्यार्थीको जीवनमा प्रकाश, बनेर मलाई दियो
रुकेनन् यी हात कहिल्यै , बोर्डमा सके जति लेखियो
सन्तुष्ट छैनौं आज हामी आखिर हाम्रो के गल्ती थियो ?
आखिर हाम्रो के गल्ती थियो ?

Advertisement

सिकाउँछौ हामीले समानताको कुरा , हुँदैन फरक कुनै धर्म र जात
किन दिइरहेको छैन आज सरकारले हाम्रो साथ ?
जानु पर्छ विद्यालय हामीलाई कुनैदिन, नखाएरै भात
रुन्छ आज यो मन जब पड्छ, आफ्नै पेटमा लात
सरकारको कुराले घोच्दै छ हामीलाई , बनेर तिखो सियो
आखिर हाम्रो के गल्ती थियो ?

Advertisement

हामी शिक्षामा बाधा पुर्याउन आन्दोलित, भएका छैनौं
मजबुरी कै कारण हामी पढाउनलाई विद्यालय, गएका छैनौं
कुन यस्तो अवस्था नहोला र , जसलाई हामी सहेका छैनौं
कस्तो विकट ठाउँ नहोला र , जहाँ हामी परिवार त्यागेर रहेका छैनौं
सरकारले फेरि पनि हामीलाई आश्वासन दियो
आखिर हाम्रो के गल्ती थियो?

Advertisement

पीडा यो शिक्षकको हो
तर लेख्ने म विद्यार्थी हो ,किनकी
उहाँ बिना ज्ञानको भण्डार खुलेको छैन
मेरो गुरुको ऋण मैले भुलेको छैन ।

लेखक
– सुभम सिंह , बारा

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर