Sunday, August 16, 2026

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने बाराका एक जना पक्राउ

Advertisement
Advertisement Advertisement

कलैया, १६ भदौ। वैदेशिक रोजगारीको लागि सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बाराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने बाराको कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय कार्तिक कुमार चौधरी रहेका छन।

कार्तिकले सर्विया पठाइदिन्छु भन्दै १६ जना पीडितहरूबाट ४२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-८ बाट पक्राउ गरेको हो।

उनीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर