Saturday, June 6, 2026

बारामा सिचाइँ मोटर असुरक्षित बन्दै,चार दिनमा तीन जनाको मृत्यु

spot_img

कलैया,१७ भदौ । बारामा केही बर्षदेखी सिचाईका लागि अत्याधिक कृषि मोटरको प्रयोग हुदै आएको छ ।

खेतबारीमा पानी लगाउ सिचाईको निम्ति उपयोगी बन्दै गएको कृषि मोटर सुविधासंगै खतरा पनि बन्दै गईरहेको छ । कृषि मोटरकै कारण बारामा बर्षिक रुपमा झण्डै एकदर्जन जतिले ज्यान गुमाउने गरेकाले पनि कृषि मोटर असुरक्षित बन्दै गईरहेको छ ।

कृषि मोटरबाट खेतबारीमा पानी लगाउन पर्याप्त सावधानी नअपनाउदा कृषि मोटर यतिखेर ज्यानमारा बन्दै गईरहेको छ । पछिल्लो समय सवैभन्दा बढि बाराको सिम्रौनगढ क्षेत्रमा विद्युतीय मोटरबाट मानिसहरुको ज्यान गईरहको छ ।

बिगत चार दिनको अवधीमा करेन्ट लागेर बाराको सिमरौनगढमा दुई महिला सहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत शुक्रबार करेन्ट लागेर सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ झवानी टोल निवासी कमोद रामको ४५ बर्षिय श्रीमति कैलसिया देवी रामको मृत्यु भएको हो ।

खेतमा काम गरी रहेको समयमा बिधुतिय मोटर जडान गरिएको तारबाट उनलाई करेन्ट लागेर थियो। कटेको तार बाट करेन्ट चुवाहट भएर उनको शरिरमा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको थियो ।

यसैगरी बिहीबार करेन्ट लागेर सिम्रौनगढ नगरपालिका वडा नम्बर २ अमृतगञ्ज निवासी ६५ बर्षिय रामेशवर महतो कुशवाहा रहेका छन । त्यस्तै आईतबार दिउँसो घांस काटने क्रममा करेन्ट लागेर बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर ५ कोनिहाटी चौर स्थित खेतमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमरौनगढ नगरपालिका वडा नम्बर ९ कचोर्वा ९ बस्ने शम्भु प्रसाद यादवको ५० बर्षिय अनिता देवी यादव रहेकी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कोनिहाटी चौर स्थित भनु महतोले आफ्नै खेतमा पानी हाल्नको लागी जडान गरीएको बिधुतिय मोटरको तार हसियाले काटिदा करेन्ट लागेर उनको घटना स्थलमै मृत्यु भएको हो। मृतक तीनै जनाको पोष्टमार्टम प्रादेशिक अस्पताल कलैयामा गरिएको थियो ।

मानिसहरुको मोटरबाट पानी लगाउन विद्युत लाईन सप्लाईमा सावधानी नअपनाउदा करेन्ट लागेर बारामा प्रत्येक बर्ष झण्डै एक दर्जन जति मानिसको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर