Sunday, September 27, 2026

बारामा एक लाख बराबरको अवैध पटका बरामद

Advertisement
Advertisement

कलैया,१६ भदौ । बारा प्रहरीले करिब एक लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ।

विशेष सूचनाको आधारमा शनिबार प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त पटका नियन्त्रणमा लिएको हो।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वा स्कुल नजिक मोटरसाइकल नम्बर नखुलेको भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले सो पटका बरामद गरेको हो। प्रहरीलाई देख्नेबित्तिकै मोटरसाइकलमा आएका व्यक्ति पटका फालेर फरार भएको प्रहरीले जनाएको छ।

उक्त बरामद गरिएको पटका नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर