कलैया, ०८ वैशाख । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले १ लाख ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आजको मुल्य अहिले सम्मकै सबैभन्दा बढि हो।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ।