कलैया,०८ वैशाख। सवारी दुर्घटनामा परी पर्सामा एक जनाको मृत्यु भएको छ। आज बिहान जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरस्थित सडकमा ग ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय बिहारी राम रहेका छन। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि एलएस न्यूरो अस्पताल बारा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।