Sunday, August 9, 2026

पर्सामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

कलैया,०८ वैशाख। सवारी दुर्घटनामा परी पर्सामा एक जनाको मृत्यु भएको छ। आज बिहान जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ पाण्डेपुरस्थित सडकमा ग ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा जिराभवानी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय बिहारी राम रहेका छन। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि एलएस न्यूरो अस्पताल बारा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर