कलैया , ०८ वैशाख । शिक्षक आन्दोलनका कारण वैशाख ११ गते देखि सुरु हुने कक्षा १२ को परिक्षा अन्यौलमा परेको छ ।
शिक्षकको आन्दोलन नरोकिने भए पछि कक्षा १२ को परिक्षाको सम्बन्धमा निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलबार बिहान बस्ने भएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाका सम्बन्धमा देखिएका समस्याबारे छलफल गर्न मंगलबार विहान बोर्ड बैठक बोलाइएको पुष्टि गरे ।