22.9 C
Kalaiya

Sunday, December 7, 2025
spot_img
22.9 C
Kalaiya
Sunday, December 7, 2025

बारामा यात्रुबाहक बसबाट ६ किलो अबैध चाँदी फेला

spot_img
spot_img

कलैया, १० वैशाख । बारा प्रहरीले ६ किलो अबैध चाँदी नियन्त्रणमा लिएको छ। जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंज बाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसबाट ६ किलो अबैध चाँदी नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले बसलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई क्याभिन भित्र सिट मुनि बेवारिसे अवस्थामा राखिएको १० लाख ८० हजार रूपैयाँ बराबरको चाँदी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार वेवारिसे अवस्थामा टेपले बेरेर कार्टुन शंकास्पद लागेर चेक गर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको अवस्थामा चाँदी नियन्त्रणमा लिएको हो। रेडिमेट गहना वरामद गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर