30.1 C
Kalaiya

Saturday, June 21, 2025
30.1 C
Kalaiya
Saturday, June 21, 2025

spot_img

बारामा यात्रुबाहक बसबाट ६ किलो अबैध चाँदी फेला

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १० वैशाख । बारा प्रहरीले ६ किलो अबैध चाँदी नियन्त्रणमा लिएको छ। जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंज बाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसबाट ६ किलो अबैध चाँदी नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले बसलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई क्याभिन भित्र सिट मुनि बेवारिसे अवस्थामा राखिएको १० लाख ८० हजार रूपैयाँ बराबरको चाँदी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार वेवारिसे अवस्थामा टेपले बेरेर कार्टुन शंकास्पद लागेर चेक गर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको अवस्थामा चाँदी नियन्त्रणमा लिएको हो। रेडिमेट गहना वरामद गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर