Monday, August 10, 2026

बारा : शिक्षकका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन उर्दी

कलैया, १० वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं १५ को वडा कार्यालयले शिक्षकका सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउन निर्देशन दिएको छ।

आईतबार बसेको वडा समितिको बैठकले वडा क्षेत्र भित्र पर्ने सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको सन्तानहरुलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गराउन निर्णय गरेको वडा अध्यक्ष रामप्रसाद लामिछानेले बताएका छन।

उनले सुचना जारी गर्दै सरकारी विद्यालयका शिक्षकहरुले आफ्ना सन्तानको भर्ना सरकारी विद्यालयमा नगराए सम्बन्धित शिक्षकहरुको उपमहानगरपालिकाबाट प्राप्त हुने विविध सेवा सुबिधा कट्टा गरिने समेत चेतावनी दिएका छन्। उता शिक्षकहरु स्थानीय तहमा शिक्षकको पेशागत हक, अधिकार र शिक्षकको संरक्षण लगायतका माग सहित २२ दिनदेखि आन्दोलनमा छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर