Monday, August 10, 2026

बसको ठक्करबाट एक वृद्धाको मृत्यु

कलैया, १० वैशाख। बसको ठक्करबाट धनुषामा एक वृद्धाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका–३, लालभित्ती चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिकी ७४ वर्षीया दुर्गादेवी महतोको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ५ ख. ६१०० नम्बरको बसले वृद्धा महतोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।  ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर