Monday, August 10, 2026

बैशाख १२, नेपाली इतिहासको त्यो कालो दिन

काठमाडौं, १२ बैशाख। आज बैशाख १२, अर्थात् नेपालमा विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। झन्डै ९ हजार मानिसको ज्यान लिनेगरी गएको भूकम्पका कारण ५ लाखभन्दा बढी घरबार क्षतिग्रस्त बने। भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन।

२०७२ साल वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो। जसमा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको गृह मन्त्रालयको भनाइ छ। भूकम्पमा परी २२ हजारभन्दा बढी घाइते भएका थिए। नेपाली इतिहास उक्त दिनलाई कालो दिनको संज्ञा दिइन्छ।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भने भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको भनाइ छ।

नेपाल भूकम्पीय जोखिममा ११ औँ स्थानमा पर्छ भने काठमाडौँ उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर