Monday, August 10, 2026

बारामा तिनवटा पसलमा आगलागी, लाखौंको क्षति

कलैया, १२ वैशाख। बारामा तिनवटा पसलमा आगलागी भएको छ। देवताल गाउँपालिका वडा नम्बर ७ बेनौली चौकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ललन महतोको नास्ता पसल, जमुन ठाकुरको सैलुन र भोज मियाँको मासु पसलमा आगलागी हुदाँ लाखौंको क्षति भएको हो।

आगलागीमा परी देवताल गाउँपालिका वडा नम्बर ५ बस्ने ललन महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर ,ग्यास चुलो लगायत अन्नपात, लत्ताकपडा, भाडावर्तन समेत नष्ट भएको छ। प्रहरीका अनुसार महतोको करिब एक लाख ४८ हजार बराबरको क्षती भएको छ।

त्यस्तै स्थानीय जमुन ठाकुरको सैलुन पुर्ण रुपमा जलेर अन्दाजी ३० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ। त्यस्तै आगलागीमा परी भोज मियाको मासु पसलको घुम्ती र बिभिन्न सर-सामानहरु नष्ट हुदाँआन्दाजी ३५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गएराति ११ बजे तिर भएको आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर