Monday, August 10, 2026

शिक्षक र प्रहरीबीच झडप हुँदा बाराका शिक्षक घाइते, अस्पताल लगियो

कलैया, १४ वैशाख। आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा आइतबार दिउसो झडप हुँदा बारा जिल्लाका शिक्षकहरु पनि घाइते भएका छन। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेका छन। सरकारसँग बार्ता सफल नभए पछि उनीहरू बिहानै ११ बजे देखी नयाँ बानेश्वर–माइतीघर सडक अबरूद्द गरेर बसिरहेका छन् ।

प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। झडपमा परी १५ जना घाइते भएका छन् । त्यि मध्ये बाराका दुई जना शिक्षक घाइते भएको आन्दोलनमा रहेका अर्का शिक्षक सुनिल कुमार पण्डितले बारा अपडेटलाई जानकारी दिए। उनका अनुसार बाराका शिक्षकहरु राजकिशोर सहनी र सुबास यादव घाइते भएका हुन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर